युएईको भिसा प्रतिबन्ध मुलुकमा नौ देशको नाम, छैन नेपाल


काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले सन् २०२६ मा विभिन्न नौ देशका नागरिकलाई भिसा प्रतिबन्ध लगाएको छ । प्रतिबनध लगाइएका मुलुकका नागरिकले भिजिट भिसा र वर्किङ भिसाका लागि आवेदन दिन पाउने छैनन् ।

२०२६ मा युएईले भिसा प्रतिबन्ध लगाएका देशहरूमा अफगानिस्तान, लिबिया, यमन, सोमालिया, लेबनान, बंगलादेश, क्यामरून र सुडान छन् ।

पर्यटन, काम वा व्यावसायिक उद्देश्यका लागि संयुक्त अरब इमिरेट्समा प्रवेश गर्न चाहने विदेशी नागरिकहरूले युएई पर्यटक भिसा वा युएई कार्य भिसाको लागि आवेदन दिन सक्छन् । तर प्रतिबन्धित मुलुकमा नाम नभए पनि केही दिनखेअि युएईले नेपाली नागरिकलाई भिजिट भिसा र वर्किङ भिसा बन्द गरेको भन्दै समाचार आएको छ । जसकारण आईसीसीले आयोजना गरेको क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टोली उड्न सकेको छैन । नेपाल र वेस्ट इन्डिजबीच युएईमा प्रतियोगिता हुँदैछ ।

युएईले आतंकवाद वा गैरकानूनी गतिविधिहरू जस्ता सम्भावित खतराहरूबाट आफ्ना देशका नागरिक जोगाउन, खाडी देशहरू र अन्य राष्ट्रहरू बीचको कूटनीतिक सम्बन्धमा तनाव, कोभिड संक्रमणको फैलावट नियन्त्रण गर्न र कडा प्रवेश प्रोटोकल लागू गर्न नौवटा देशलाई भिसा नदिएको बताइएको छ । ती देशमाथि युएई सरकारले प्रतिबन्ध कहिले हटाइनेछ भनेर पुष्टि गरेको छैन, तर प्रतिबन्धहरूलाई अस्थायी मानिन्छ। पहिले नै वैध भिसा भएका युएईमा बसोबास गर्ने नागरिकहरू भने यो निर्णयबाट प्रभावित हुँदैनन्।