नेपाली क्रिकेट टिमलाई डा. सुनिलकुमार शर्माद्वारा २० लाख सहयोग घोषणा


काठमाडौं l मोरङ–३ का निवर्तमान सांसद तथा नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपियाँ दिने घोषणा गरेका छन्।

Screenshot

दुई पटकको विश्व विजेता तथा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई पराजित गरी नेपालले ऐतिहासिक सिरिज जितेको खुसीयालीमा डा. शर्माले सो सहयोग गर्ने निर्णय गरेका हुन्।

उनले नेपाली क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिले सम्पूर्ण देशवासीलाई गौरवान्वित बनाएको उल्लेख गर्दै यसलाई सम्मानस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्।