किन्न नसकिने भो सुन, तोलाकै दुई लाख ३३ हजार


काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । सोमबार सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ उचाइ बनाएको हो । चाँदी तोलामा ३० रुपैयाँ बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा दुई हजार ९३० रुपैयामा खरिदबिक्री भएको थियो ।