काठमाडौं । हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । जुन सूचीमा नेपाली विद्यार्थी विपीन जोशीको नाम उल्लेख छैन । अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।
सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् । उनीहरु सबै इजरायली नागरिक हुन् । यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजापट्टी पुगेका छन् । अहिले बन्धकलाई लाइनमा उभ्याइएको छ ।
आज मुक्त हुँदै गरेकामा बार कुपरस्टाइन, एभ्यातार डेभिड, योसेफ–चाइम ओहाना, सेगेभ काल्फोन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निम्रोद कोहेन, माटान जाङाउकर, डेभिड कुनियो, एइतान हर्न, माटान एङ्ग्रेष्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरन, एलोन ओहेल, गाइ गिलबोआ–दलाल, रोम ब्रासलाब्स्की र एरियल कोनियो छन् ।














प्रतिक्रिया