काठमाडौं । अमेरिकामा समाजवादी नेताको उदय भएको छ । न्युयोर्क सिटी मेयरमा समाजवादी जोहरान माम्दानीले जित्ने निश्चित भएको छ । ८९ प्रतिशत मतगणना हुँदा माम्दानीले १० लाख १२ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदबार एन्ड्रयु कुमोले आठ लाख ३७ हजार र रिपब्लिकन उम्मेदवार कुर्टिस शिल्वाले एक लाख ४४ हजार मत ल्याएका छन् ।
३४ वर्षीय डेमोक्रेटिक समाजवादी माम्दानी सबैभन्दा आश्चर्यजनक राजनीतिक उथलपुथल ल्याउने अभियानपछि न्यूयोर्क सहरको नेतृत्व गर्ने पहिलो मुस्लिम बन्ने तयारीमा छन्। न्युयोर्क सिटी मेयरका लागि ममदानी विजयी भए पनि औपचारिक घोषणा हुन बाँकी छ ।
मम्दानीले आफ्नो ऊर्जा, आकर्षण, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, र उत्साही स्वयंसेवकहरूको अभूतपूर्व समूहको साथ नयाँ मतदाताहरूलाई मतदानमा ल्याएर यो विजय प्राप्त गरेका हुन्। मम्दानीलाई विजय नगराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आह्वान गर्दै आएका थिए । उनले मम्दानीले मेयर जितेमा न्युयोर्कमा आर्थिक सहायता नै कटौती गर्ने चेतावनी दिएका थिए । तर ट्रम्पको धम्कीका बाबजुद अमेरिकीले मम्दानीलाई जिताएका छन् ।














प्रतिक्रिया