काठमाडौं । नेपालको राजसंस्थाका विषयमा मौन बस्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानी राजाको जन्मोत्सव मनाउन थिम्पु पुगेका छन् ।
भुटानी वर्तमान नरेशका पिता जिग्मे सिंगे वाङ्चुकको ७०औँ जन्मोत्सवका अवसरमा आयोजना गरिने कार्यक्रममा प्रमुख अतिथि बनेर उनी थिम्पु पुगेका हुन् । मोदी राजाको जन्मोत्सव मनाउन थिम्पु पुगेको घटनालाई लिएर नेपालका राजावादी खुसी भएका छन् ।
राजकीय भ्रमणमा थिम्पु पुगेका भारतीय प्रधानमन्त्रीलाई पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानी प्रधानमन्त्री छेरिङ तोब्गेलगायतले स्वागत गरेका थिए। भुटानी परराष्ट्रमन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा राजपरिवारका सदस्यहरूको समेत उपस्थिति थियो ।
भ्रमणका क्रममा मोदीले भुटानी नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुकसँग शिष्टाचार भेटवार्ता, दुई देशबीचको मैत्री र सहयोग सम्बन्धका विषयमा छलफल गर्दैछन् ।
भारत–भुटान सम्बन्धबारे मोदीले नयाँ दिल्लीबाट प्रस्थानअघि दिएको वक्तव्यमा भनेका छन्, ‘भुटान भारतको अत्यन्त निकट मित्र मात्र होइन, साझा संस्कृति, सभ्यता र विकासका आदर्शमा जोडिएको राष्ट्र हो।’














प्रतिक्रिया