सुनको भाउ २१ सयले घट्यो, चाँदी ५ रुपैयाँले बढ्यो


काठमाडौँ – आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी तथा फाइन सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुग्दै हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको थियो।

सुन घटे पनि चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।