काठमाडौं – एमाले अध्यक्ष केपी ओली र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठबीचको सम्बन्धलाई लिएर यतिबेला नेपाली राजनीतिमा व्यापक चर्चा परिचर्चा भइरहेको छ । दुई विपरीत ध्रुवमा रहेका ओली र श्रेष्ठबीचको सम्बन्धले चर्चा चुलिएको हो ।
केही दिनअघि ओली र श्रेष्ठबीच भेटवार्ता भएको थियो । जुन भेटले नेपालको राजनीतिमा अर्को सनसनी मच्चाउने आंकलन गरिएको छ । श्रेष्ठ विगतमा ओलीको विरोध गर्ने गर्थे । पहिले एमालेकै सिफारिसमा न्यायलयमा सेटिङ भएका श्रेष्ठ पछि बिच्केका थिए । ओलीले प्रधानमन्त्री हुँदा दुई दुईपटक संसद् विघटन गरे । तर श्रेष्ठ प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा लागे । र, सर्वोच्च अदालत पनि त्यही आदेश थियो । त्यसपछि दुवैबीचको सम्बन्ध चिसिएको थियो ।
अहिले श्रेष्ठ निर्वाचनको पक्षमा छन् । तर ओली संसद् पुनःस्थापनाको पक्षमा छन् । त्यही भएर दुई फरक विचर राख्ने श्रेष्ठ र ओलीबीच के विषयमा गोप्य सहमति भएको हो भन्ने खुलेको छैन । अहिले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले सुनुवाइ थाल्नुअघि यी दुईबीच गोप्य भेटवार्ता भएको र भित्रभित्र केही पाक्दै गरेको अनुमान गरिएको छ ।
ओलीको चाहनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको निम्ति बल लगाउने र श्रेष्ठलाई चुनावी सरकारको नेतृत्व दिने सहमति बनेको दावी गरेको छ । त्यसका लागि संविधान संशोधन गरी संसद बाहिरको व्यक्ति पनि प्रधानमन्त्री बन्न पाउने नयाँ व्यवस्था थप्ने रोडम्याप छ । त्यसअघि श्रेष्ठले संसद पुनःस्थापनाको पहल गर्नेछन् ।
ओलीले हालै पार्टीको एउटा छलफलमा प्रतिनिधिसभा पुनः स्थापनालाई एजेण्डा बनाउनुपर्नेमा जोड दिँदै त्यस्तो संकेत गरेको स्रोत बताउँछ । ओलीले कि सर्वोच्च अदालतले कि राष्ट्रपतिले संसद् पुनः स्थापना गर्ने दाबी गरेका छन् ।
ओलीले केही समयअघि एउटा सार्वजनिक कार्यक्रममा अहिलेको सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै संविधान संशोधन गरी संसद बाहिरको व्यक्ति प्रधानमन्त्री हुनसक्ने विकल्प हुँदाहुँदै बेवास्ता गरिएको गुनासो गरेका थिए । त्यसका लागि धारा ७६ मा उपधारा ८ थप्न सकिने उनको प्रस्ताव थियो । पार्टीको बैठकमा यसबारे चर्चा गर्दै उनले चुनावपछि स्वतः निस्क्रिय हुनेगरी नयाँ प्रावधान थप्न सकिने आफ्नो प्रस्ताव स्वीकार नगरिएको बताएका थिए ।
ओली र श्रेष्ठले चाहँदैमा प्रतिनिधिसभा पुनःस्थापना सम्भव छैन । किनभने राज्यको कुनै औपचारिक जिम्मेवारीमा नरहेका व्यक्तिको चाहनाअनुसार संसद पुनःस्थापना, संविधान संशोधन र नयाँ सरकार गठन असम्भवजस्तै लाग्छ । त्यसमाथि कांग्रेस चुनावमा होमियो भने ओलीका धेरै खेल भताभुंग हुने निश्चित छ ।














प्रतिक्रिया