काठमाडौँ – नेपालमा सुनको भाउ फेरि साढे दुई लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला रु २ लाख ५० हजार २ सय तोकेको जनाएको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा रु ५ हजार ९ सय को वृद्धि भएको हो। बुधबार प्रतितोला रु २ लाख ४४ हजार ३ सय मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च बनेको छ। बिहीबार सुनको मूल्य ४२०० अमेरिकी डलर नाघेको छ। यसअघि अन्तर्राष्ट्रिय बजारमा ४३८१ डलर सम्म पुगेको रेकर्ड रहेको छ।
नेपालमा यसअघि असोज ३१ गते सुनको भाउ प्रतितोला रु २ लाख ५८ हजार पुग्दा हालसम्मकै उच्च रेकर्ड बनेको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदीमा प्रतितोला रु १७० ले वृद्धि भएको छ। बिहीबारको लागि चाँदीको मूल्य प्रतितोला रु ३ हजार ३ सय ४५ तोकिएको छ। असोज ३१ गते चाँदीको मूल्य प्रतितोला रु ३ हजार ३ सय ५० पुगेको रेकर्ड छ।














प्रतिक्रिया