काठमाडौं – एमाले स्थायी समिति सदस्य महेश बस्नेतले त्रिवि क्रिकेट मैदान बनेपछि पार्टी अध्यक्ष केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ यथार्थमा बदलिएको बताएका छन् ।
त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर क्रिकेट लिए (एनपिएल) हुँदैछ । क्रिकेट मैदानमा राति फ्लड लाइट बालेर प्रतियोगिता सञ्चालन गरिनेछ ।
नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट मैदानको तस्बिर राख्दै ओली सरकारले गरेको पहिलो निर्णयले सार्थकता प्रमाणित गरेको उल्लेख गरेका छन् ।
‘कहिलेकाहीँ एउटा सही निर्णयले देशको भविष्य बदलिदिन्छ। आज केपी ओलीको सरकारले गरेको पहिलो निर्णय कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणले आफ्नै सार्थकता प्रमाणित गरिरहेको छ।
धन्यवाद केपी शर्मा ओली सरकार, धन्यवाद नेकपा एमालेको दूरदृष्टि। ‘समृद्ध नेपाल, सुखी नेपाली’ मात्र नारामा सीमित छैन, त्यसलाई जीवन्त बनाउने सयौँ महत्त्वाकांक्षी योजनामध्ये आज एउटा सपना यथार्थमा बदलिएको देख्दा गर्व लागिरहेको छ,’ बस्नेतले भनेका छन् ।
उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणमा ओलीको पहलकदमी र निर्णयकारी भूमिका इतिहासमा अंकित रहने उल्लेख गरेका छन् । ‘सरकारको पहिलो निर्णयमै ‘रंगशाला बनाउने’ संकल्प नलिएको भए सायद आज हामीले यो उपलब्धि देख्ने थिएनौँ। त्यसैले, आलोचना गर्नुअघि एकपटक होइन, दुईपटक सोच्नुपर्ने समय आएको छ। देशका लागि देखिएको सपना आज फल्दैछ,’ उनले भनेका छन् ।














प्रतिक्रिया