काठमाडौं । अमेरिकाबाट दिनप्रतिदिन नेपाली नागरिक निष्कासन गर्ने क्रम बढेको छ । बुधबार एकै दिन ३५ नेपालीलाई निष्कासन गरेको छ ।
अवैध रूपमा बसोबास गर्दै आएकालाई अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स डिपार्टमेन्ट (आइस) ले पक्राउ गरी उनीहरूलाई नेपाल ल्याई छाडिदिएको छ ।
अध्यागमनका अनुसार चार्टर्ड विमानमा उनीहरूलाई नेपाल ल्याइएको थियो । ३५ जनामध्ये सबैजसो अवैध रूपमा अमेरिका गएका थिए । तीमध्ये धेरैजना अमेरिका प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका हुन् ।
निष्कासितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको छ । ब्युरोले सामान्य सोधपुछ गरेर छाडिदिएको छ ।
अध्यागमनले पठाएका ३५ जनालाई सोधपुछ गरी छाडिएको ब्युरोका एसएसपी कृष्ण्प्रसाद पंगेनीले बताए । यो हप्ता मात्र अमेरिकाले ४५ जना नेपालीलाई निष्कासन गरिसकेको छ । गत ३० कात्तिकमा ६ तथा २ मंसिरमा चारजना निष्कासित नेपाली काठमाडौं आइपुगेका थिए ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी नागरिक निष्कासन बढेको छ । ट्रम्पले कार्यभार सम्हालेयताको अमेरिकाबाट ३१० जना नेपाली निष्कासित भइसकेका छन् ।














प्रतिक्रिया