एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो रङ, प्रहारप्रदर्शनकारी दुई जना पक्राउ


काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा विराटनगरमा प्रदर्शनकारीले रातो रङ फ्याँकेर विरोध व्यक्त गरेका छन्। आज बिहान भएको घटनामा बस्नेतको गाडी अगाडि रोकेर प्रदर्शनकारीले नाराबाजी पनि गरेका थिए।

सांकेतिक विरोधस्वरूप गरिएको यो रङ प्रहारपछि प्रहरीले सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिएको छ।