काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ को बिहीबार औपचारिक घोषणा गरिँदैछ। राजधानीको बालुवाटारमा एक समारोहका बीच आफ्नो विधिवत् आरम्भ गर्न लागेको हो। घोषणा सभा बालुवाटारस्थित टी २१ प्यालेसमा आयोजना गरिएको छ। नयाँ दलको घोषणा सभामा सामाजिक अभियन्ता सुनार प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्।
लामो समयदेखि सामाजिक र नागरिक सरोकारका विषयमा आवाज उठाउँदै आएका सुनारकै मुख्य अग्रसरता र वैचारिक नेतृत्वमा यो दल अगाडि बढ्न लागेको हो घोषणा सभामा विभिन्न राजनीतिक दल, सामाजिक क्षेत्र तथा स्वतन्त्र रूपमा रहेका थुप्रै नयाँ अनुहारहरूलाई पार्टीमा औपचारिक रूपमा प्रवेश गराउने कार्यक्रमसमेत तय गरिएको छ।
पार्टीले आगामी दिनमा लिने राजनीतिक कार्यदिशा, अन्य दलहरूसँगको सहकार्य वा गठबन्धनको सम्भावना तथा देशको समसामयिक समस्या समाधानका लागि पार्टीको स्पष्ट दृष्टिकोण पनि आजकै मञ्चबाट सार्वजनिक गरिने बताइएको छ। ‘हाम्रो नेपाल पार्टी’ ले ‘उज्यालो नेपाल पार्टी’ को चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा जाने तय भएको थियो । एकल चुनाव चिन्हमा लड्ने गरी निर्वाचन आयोगमा दल दर्ता पनि गरिएको थियो । तर अहिले त्यो सहमति कार्यान्वयन नगरिने भएको छ ।














प्रतिक्रिया