एमाले अध्यक्षमा केपी ओली र महासचिवमा शंकर पोखरेल विजयी


काठमाडौं । एमाले अध्यक्षमा केपी ओली तेस्रो कार्यकालका लागि चुनिएका छन् । बिहीबार दिउँसो सम्पन्न मतगणनामा उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गरे ।

ओलीले १६६३ र पोखरेलले ५६४ मत पाए । बुधबार भएको निर्वाचनमा २२२७ मत खसेको थियो ।
यस्तै, महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । उजले १२२८ मत पाए । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत मात्र पाए ।