काठमाडौं । सरकारका दुई मन्त्रीले फागुनमा निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । मंगलबार सरकारको राजनीतिक संवाद समितिको टोलीका संयोजक कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा चुनाव गर्नैपर्ने बाध्यता रहेको बताएका छन् ।
मंगलबार कांग्रेस मुख्यालय सानेपा अनुगमन र संवादका लागि पुगेका मन्त्रीद्वयले कांग्रेस नेताहरूसँग सरकारको धारणा राखेका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताए । निर्वाचनमार्फत लोकतन्त्रको संस्थागत र जेनजी आन्दोलनको म्यान्डेट पनि नयाँ संसद् र सरकार रहेको उनको भनाइ छ ।
समितिका संयोजक सिन्हा, सदस्य खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले कांग्रेस उपसभापति धनराज गुरुङ, मुख्यसचिव कृष्णप्रसाद पौडेललगायतका नेताहरुसँग छलफल गरेको हो। कांग्रेस र एमाले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालत पूरक रिट लिएर जानुअघि सरकारका मन्त्री कांग्रेस मुख्यालय पुगेका हुन् ।














प्रतिक्रिया