काठमाडौं । ज्योतिषी सुरेशचन्द्र रिजालले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन्द्र साह बालेनबीचको सहमति एकपक्षीय रहेको टिप्पणी गरेका छन् । सहमति भएको साइतले आगामी दिनमा रवि र बालेनबीच ठूलो द्वन्द्व हुने उनले भविष्यवाणी गरेका छन् । गहिँरिदो राजनीतिक संकट टार्न रास्वपाले ठूलै कानुनी झमेला पार गर्नुपर्ने ग्रहयोग परेको ज्योतिषीले रिजालले ठहर गरेका छन् ।
उनका अनुसार अचानक सत्ता, शक्ति र सामाजिक प्रतिष्ठा दिलाउन हस्ताक्षर गरेको समयमा सबै ग्रहहरु बायाँ परेकाले आठौं वर्षपछि मात्रै एकपक्षीय (एकल राजयोग) ले पूर्णरूपमा फलदिन सक्ने उनको भनाइ छ ।
‘अतः निर्वाचनपछिको प्रधानमन्त्री आलोपालो बाँडेर जाने प्रस्तावमा लामो समयसम्म धैर्य गरेमा (रास्वपा) बाट गहिँरिदो राजनीतिक संकट टार्ने सक्ने संकेत देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।
रिजालको भविष्यवाणीका आधारमा रविको प्रधानमन्त्री हुने सम्भावना केही वर्ष छेउछाउ पनि देखिन्न । बालेनसँगको सहमति पनि टिकाउ हुनेमा उनले आशंका व्यक्त गरेका छन् ।














प्रतिक्रिया