सर्लाही–३ बाट पूर्व रक्षामन्त्री उप्रेतीको एकल नाम सर्वसम्मत सिफारिस


काठमाडौँ – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले सर्लाही क्षेत्र नम्बर–३ बाट प्रत्यक्ष उम्मेदवारका रूपमा सर्लाहीका नेता तथा पूर्व रक्षामन्त्री क. हरि प्रसाद उप्रेतीको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।
क्षेत्रीय समन्वय कमिटी सर्लाही क्षेत्र नम्बर–३ को आज बसेको बैठकले उप्रेतीलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।