ID कार्डकै भरमा Ather इलेक्ट्रिक स्कुटर, सरल EMI योजना सार्वजनिक


काठमाडौँ — नेपालकै नं. १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले केवल मान्य परिचयपत्रको आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक गरेको छ। अब कुनै अतिरिक्त वित्तीय कागजात बिना NPR 6,058 बाट सुरु हुने EMI मा Ather स्कुटर आफ्नो बनाउन सकिनेछ।

यस योजनाले इलेक्ट्रिक सवारी स्वामित्वमा देखिने झन्झट हटाउँदै स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा अग्रणी Ather का स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, फास्ट चार्जिङ, OTA अपडेट र उत्कृष्ट राइडिङ अनुभवले नेपालमा यसलाई विश्वासिलो EV ब्रान्डको रूपमा स्थापित गरेको छ।

हाल Ather का ८ Experience Center, ८ सेवा केन्द्र र २७ भन्दा बढी फास्ट चार्जिङ ग्रिड देशका प्रमुख सहर तथा राजमार्गमा सञ्चालनमा छन्।

यस पहलसँगै नेपालमा इलेक्ट्रिक सवारी अपनत्व अझ तीव्र हुने अपेक्षा गरिएको छ।