काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ ।
मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल ६ हजार ८७० कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पछिल्लो साय अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा मूल्य बढेकाले नेपालमा पनि त्यसको प्रभाव परेको हो । सुनचाँदीको मूल्य बढेसँगै सुनचाँदी पसल सुनसान जस्तै देखिएको छ ।












प्रतिक्रिया