काठमाडौं – टाटा मोटर्स का लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकलाई लक्षित गर्दै ‘न्यू इयर बिग स्विच’ योजना सार्वजनिक गरेको छ।
जनवरी १५ देखि १८ (माघ १–४) सम्म सञ्चालन हुने चार दिने कार्यक्रममा ग्राहकहरूले आफ्ना पुराना जुनसुकै गाडी साटेर टाटाका नयाँ अत्याधुनिक सवारी साधनमा अपग्रेड गर्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार योजनाअन्तर्गत पुराना गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, आकर्षक नगद छुट तथा गाडी बुकिङ गर्ने ग्राहकलाई विशेष उपहार प्रदान गरिनेछ।
विशेष गरी विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकका लागि आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडान सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। साथै नयाँ गाडी खरिद गर्दा एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिजसमेत प्रदान गरिनेछ।
यो योजनामा टाटाका लोकप्रिय मोडलहरू टाटा टियागो, टाटा नेक्सन, टाटा पञ्च, टाटा सफारी र टाटा कर्भ ईभी लगायत समावेश रहेका छन्।













प्रतिक्रिया