पेट्रोल १५ र डिजेलमा १० रुपैयाँ बढ्यो, अब भान्सामा महँगी बढ्ने


काठमाडौं । पश्चिम एशिया तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ अकासिएको छ । जसकारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

जसअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा पेट्रोलको मूल्य लिटरको १० रुपैयाँले बढेको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोल लिटरको १७२ र डिजेल १५२ रूपैयाँ पर्नेछ ।
भारतले पेट्रोलको मूल्य ३१ रूपैयाँ, डिजेल र मट्टितेल ५४ रूपैयाँ र ग्यास २१६ रूपैयाँले बढाएर नयाँ मूल्य पठाए तापनि निगमले कम दरले इन्धनको मूल्य बढाएको हो ।

निगमले भने उपभोक्तामा असर पर्ने भन्दै मूल्य स्थिरीकरण कोष र विगतको नाफाबाट बेहोर्ने गरी पेट्रोलियम पदार्थको मूल्य भारी मात्राले नबढाएको जनाएको छ । इन्धनमा भारी मूल्यवृद्धिसँगै अब नेपालीको भान्सा पनि महँगिने भएको छ ।