नेपाली कांग्रेसले ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले नेतृत्व विकासका लागि यस्तो निर्णय गरेको हो।
एकेडेमीमार्फत पार्टीको इतिहास, विचार, नीति र कार्यक्रमबारे सदस्यलाई प्रशिक्षण दिइनेछ। साथै, जनप्रतिनिधि र उम्मेदवार बन्न चाहनेलाई पनि आवश्यक ज्ञान र सीप सिकाइनेछ।
अब चुनाव लड्न चाहनेले तीन महिना अगाडि अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरिनेछ। कक्षा पूरा गरे/नगरेको आधारमै उम्मेदवारी छनोट हुने निर्णय गरिएको छ।













प्रतिक्रिया