काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदैछन् ।उनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको रूपमा शपथ लिन लागेका हुन् ।
बालेनले प्रधानमन्त्रीको लिँदै गर्दा नयाँ मन्त्रीहरूको टुंगो लागेको छ । अर्थ मन्त्रालयको डा. स्वर्णिम वाग्लेलाई दिइने भएको छ । परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोविता गौतमलाई जिम्मेवारी दिने भएको छ ।
यस्तै, सुधन गुरुङ गृहमन्त्री, प्रतिभा रावल सामान्य प्रशासनमन्त्री, गनेश पौडेल पर्यटनमन्त्री, अमरेशकुमार सिंह उद्योगमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री र गीता चौधरी कृषीमन्त्रीमा निश्चित जस्तै भएको बताइन्छ । यस्तै, मन्त्री बन्ने सम्भावितहरूको सूचीमा विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, विक्रम खनाल, निशा डाँगी र सीता वादीलगायतका नामहरू चर्चामा छन् । यसको औपचारिक पुष्टि हुन भने बाँकी छ ।
मन्त्री बन्ने निश्चित भएकाहरूलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन तथा एसएमएसमार्फत जानकारी दिइसकेका छन् । संसदीय भूमिकाका लागि सभामुखमा रास्वपाका डीपी अर्यालको नाम टुंगो लागेको छ ।












प्रतिक्रिया