काठमाडौं । एमाले संसदीय दलको बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा दलको बैठक बसेको हो । बैठकमा अर्का उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन् । उनी भने रुपन्देही २ मा रास्वपा सांसद सुलभ खरेलसँग भारी मतान्तरले पारजित भएका थिए ।
आजको संसदीय दलको बैठकले दलको नेता, प्रखुख सचेतक चयन गर्ने नेताहरुको भनाइ छ । एमालेमा दलको नेताका लागि बादल, ऐन महर, पद्मा अर्याल, सुहाङ नेम्वाङलगायत चर्चामा छन् । पार्टी अध्यक्ष केपी ओली बादललाई दलको नेता बनाउनुपर्ने पक्षमा छन् । तर पार्टीका अन्य पदाधिकारी भने युवालाई अघि सार्नुपर्ने पक्षमा छन् ।
हालै सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षमा नौ र समानुपातिकमा १६ गरी २५ सिट जितेको थियो । एमालेमा अहिले प्रत्यक्षबाट निर्वाचितलाई दलको नेता बनाउनुपर्ने, समानुपातिक निर्वाचन प्रणालीबाट आएकालाई दिन नहुने आवाज उठेको छ । बादल माओवादीबाट आएका नेता हुन् । पूर्वमाओवादीलाई एमालेको नेतृत्व दिन नहुने विचार जोडतोडले उठेको छ ।












प्रतिक्रिया