काठमाडौं – नेपाली कांग्रेस को आधिकारिकता विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालत मा पेसी तोकिएको छ। मुद्दा १२औं नम्बरमा रहेको छ।
यसअघि चैत १ गते पेसी चढे पनि पालो नआएपछि सरेको थियो। रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का त्यसबेला बहसका लागि अदालत पुगेका थिए।
आज दुवै पक्षका नेताहरु अदालतमा उपस्थित हुने भएका छन्। उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि जाने छन्।
विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोग ले मान्यता दिएपछि त्यसविरुद्ध खड्काले रिट दायर गरेका हुन्।












प्रतिक्रिया