ओली–लेखक रिहा हुँदै छन् ? बहस सकियो, आदेशको पर्खाइ


काठमाडौं – केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा आइतबारदेखि सुरु भएको सुनुवाइ सोमबार टुंगिएको हो। सरकार पक्षको बहसपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएकोसँगै बहस सकिएको हो।

अब अदालतले आदेशको तयारी गरिरहेको छ। आदेश सोमबार नै आउने सम्भावना रहेको छ।

यसअघि केपी शर्मा ओली र रमेश लेखक लाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

उनीहरुलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।