गौरीकुमारी यादव र रामजी यादव मन्त्री नियुक्त


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले दुईजना मन्त्री नियुक्त गरेका छन् । उनले रास्वपाकाका सांसदहरू गौरीकुमारी यादव र रामजी यादवलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन् । गौरीकुमारी महोत्तरी–४ र रामजी सप्तरी–२ बाट निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रम, रोजागार तथा मन्त्रालयको जिम्मेवारी रामजीलाई दिइएको छ। सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवार भने गौरीकुमारीलाई दिइएको छ। यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्दै आएका थिए।