म हुँ पानी’मा राजेश र करिस्माको रोमान्स…(हेर्नुस् भिडियो)



काठमाडौं – बम बहादुर कार्की को नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राजेश हमाल ले गीतको भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा करिश्मा मानन्धर, निर्देशक देवेन्द्र पाण्डे, गायिका शिवा आले कार्की लगायतको उपस्थिति रहेको थियो ।

पानीको महत्व र संरक्षणको सन्देश बोकेको गीतमा राजेश हमाल र करिश्मा मानन्धरको अभिनय देख्न सकिन्छ । लामो समयपछि यो जोडी एउटै भिडियोमा देखिएको हो । भिडियोमा सगुन कार्कीको पनि अभिनय रहेको छ ।

गीतमा बम बहादुर कार्कीको शब्द तथा सङ्गीत रहेको छ भने स्वरमा शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनमले साथ दिएका छन् । सङ्गीत संयोजन बि.बि. अनुरागीले गरेका हुन् ।

देवेन्द्र पाण्डे को निर्देशन रहेको भिडियोमा नेपालको प्राकृतिक सौन्दर्यलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । हरि हुमागाईँको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियोले ‘पानी नै जीवन हो’ भन्ने सन्देश दिएको छ ।

कार्यक्रममा राजेश हमाल ले पानी मानव जीवनको आधार भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । गायक बम बहादुर कार्की ले पनि पानीको महत्व बुझाउन र संरक्षणको सन्देश फैलाउन गीत निर्माण गरिएको जानकारी दिए ।