काठमाडौं l स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता ले सरसफाइ गर्दै सप्ताहव्यापी सफाइ अभियानको औपचारिक उद्घाटन गरेकी छन् ।आज आयोजित कार्यक्रममा मन्त्री मेहेताले स्वयं सरसफाइ कार्यक्रममा सहभागिता जनाउँदै स्वच्छता र स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको बताइन् ।
उनले सार्वजनिक स्थान, स्वास्थ्य संस्था तथा खानेपानीका स्रोतहरूलाई स्वच्छ राख्नु नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सरसफाइलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गरिन् ।
सप्ताहव्यापी अभियान अन्तर्गत देशभर सरसफाइ, फोहोर व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा स्वच्छ वातावरण निर्माणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्यकर्मी तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया