काठमाडौं l काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्।
महानगरपालिकाका अनुसार अनलाइन आवेदन फाराम २०८३ जेठ १ गते बिहान १० बजेदेखि खुला हुनेछ भने आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११:५९ बजेसम्म तोकिएको छ। छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ। विद्यार्थीहरूले आवेदन महानगरपालिकाको आधिकारिक वेबसाइट काठमाडौँ महानगरपालिका वा Entrance Portal मार्फत दिन सक्नेछन्।
महानगरपालिकाले विषयगत अङ्कभार, विद्यालयगत छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्र सम्बन्धी विस्तृत जानकारी वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ।
















प्रतिक्रिया