काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाहले आज संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा भइरहेको छलफलका क्रममा विभिन्न दलका सांसदहरूले सरकारका प्राथमिकता, आर्थिक नीति, पूर्वाधार विकास, सुशासन, शिक्षा, स्वास्थ्य तथा रोजगारी लगायत विषयमा प्रश्न तथा सुझाव राखेका थिए।
आज प्रधानमन्त्रीको जवाफसँगै नीति तथा कार्यक्रममाथिको छलफल निष्कर्षतर्फ जाने अपेक्षा गरिएको छ। संसद बैठकमा प्रधानमन्त्रीले सांसदहरूको जिज्ञासाको उत्तर दिँदै सरकारका नीति, योजना र कार्यान्वयनका प्राथमिकताबारे स्पष्ट पार्ने तयारी गरिएको बताइएको छ।
















प्रतिक्रिया