काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती, डाटा चुहावट तथा एआई आधारित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाली सेना ले साइबर सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित वैशाख ३० गते जंगी अड्डामा “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आयोजना गरेको छ।
गोष्ठीमार्फत साइबर सुरक्षा सम्बन्धी समसामयिक चुनौती, डिजिटल पूर्वाधारको सुरक्षा, संवेदनशील डाटाको संरक्षण तथा एआई प्रविधिबाट उत्पन्न हुन सक्ने जोखिमबारे व्यापक छलफल हुने जनाइएको छ। कार्यक्रममा सुरक्षा निकाय, सरकारी संस्थान, प्रविधि विज्ञ तथा सरोकारवाला निकायहरूको सहभागिता रहनेछ।
नेपाली सेनाले उक्त गोष्ठीले साइबर सुरक्षाको क्षेत्रमा अन्तरनिकाय सहकार्य, समन्वय तथा प्रभावकारी सम्पर्क विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको जनाएको छ।
















प्रतिक्रिया