जंगली च्याउ खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु


काठमाडौं l चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका एउटै परिवारका तीन बालबालिकाको मृत्यु भएको दुःखद घटना भएको छ।

मृत्यु हुनेमा ९ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन्। विद्यालयका अनुसार नमूनाको जेठ १ गते घरमै मृत्यु भएको थियो भने सञ्जयको शनिबार राति उपचारका क्रममा निधन भएको थियो। मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।

जानकारीअनुसार वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। त्यसपछि परिवारका सदस्यहरू बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि उनीहरूको ज्यान जोगाउन सकिएन। मृतक बालबालिकाका बुबाआमा भने सुरक्षित रहेको जनाइएको छ।