तालिमको क्रममा बेहोस भएका सशस्त्र प्रहरीको होस खुल्यो पूर्व गृहमन्त्री सुधन पनि भेट्न पुगे


काठमाडौं l कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएका सशस्त्र प्रहरीका ६ जना प्रशिक्षार्थी जवानको होस खुलेको छ। नेपाल एपीएफ अस्पताल ले उनीहरूको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएको छ। अस्पतालका विशेषज्ञ चिकित्सकहरू उपचारमा निरन्तर संलग्न छन्।

शुक्रबार टीकापुरस्थित एपीएफ राजस्व भन्सार तथा औद्योगिक तालिम प्रतिष्ठानमा तालिमका क्रममा आठ जना प्रशिक्षार्थी जवान बेहोस भएका थिए, जसमध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। यसैबीच पूर्व गृहमन्त्री सुधन गुरुङ र नारायण दत्त पौडेलले अस्पताल पुगेर उपचाररत जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको सशस्त्र प्रहरीले जनाएको छ।