जनकपुर l लामो समयदेखि रोकिएको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले अन्ततः पूर्णता पाएको छ। सत्ता साझेदार दलहरूबीच सहमति जुटेपछि मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले मन्त्रिमण्डल विस्तार गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अर्थ मन्त्रालयमा दाबी कायम राखेपछि सरकार विस्तार पटक–पटक स्थगित हुँदै आएको थियो। सहमतिपछि युवराज भट्टराई लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। साथै सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच १५ बुँदे लिखित समझदारी पनि भएको छ।
नयाँ सहमतिअनुसार सरकारलाई ९ सदस्यीय बनाउने तयारी भए पनि उक्त सहमति श्रावणपछि कार्यान्वयन गरिने जनाइएको छ। हाल मन्त्रिपरिषद् १० सदस्यीय रहेको छ। मन्त्रालय बाँडफाँटमा कांग्रेसले ३ मन्त्रालय तथा एमाले र नेकपाले ४–४ मन्त्रालय पाएका छन्।
सहमति अनुसार मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि सत्ता गठबन्धनबीच सहमति भएको बताइएको छ।
















प्रतिक्रिया