विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री बालेन्द्र शाह


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले फिफा विश्वकप फुटबलको माहोलबीच आफ्नो ‘फेभरेट’ देश विश्वकपमा सहभागी नभएको बताएका छन्।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विश्वकपबारे रोचक टिप्पणी गर्दै लेखेका छन्, “धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ? मेरो फेभरेट देशले खेलेकै छैन।”

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई धेरैले नेपालप्रतिको संकेतका रूपमा बुझेका छन्। नेपाल हालसम्म फिफा विश्वकप फुटबलमा छनोट हुन नसकेको अवस्थामा उनको यो स्टाटस सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

विश्वकपको उत्साहबीच आएको प्रधानमन्त्रीको यो टिप्पणीलाई प्रयोगकर्ताले राष्ट्रप्रेम र व्यंग्यात्मक शैलीको अभिव्यक्तिका रूपमा समेत व्याख्या गरेका छन्।