नेप्से २७०० विन्दुमा स्थिर, कारोबार बढे पनि बजारमा न्यून


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार सामान्य अंकले बढ्दै २७०२ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ५ अंक घटेको बजार आज १.६३ अंकले वृद्धि भएको हो।

दिनभरको कारोबारमा नेप्से २६९२ देखि २७११ विन्दुको सीमित दायरामा रहँदा बजारमा न्यून उतारचढाव देखिएको छ। पछिल्ला केही दिनयता बजार साइडवे ट्रेन्डमा चलिरहेको विश्लेषकहरूले बताएका छन्।

कारोबार रकम बढ्यो

आज सेयर बजारमा कारोबार रकम बढेर ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो।

कुल कारोबारमध्ये ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ। १७ कम्पनीको मूल्य स्थिर रहेको छ।