आईजीपी कार्कीद्वारा चितवनको सुरक्षा अवस्थाबारे समीक्षा, प्रहरीलाई आवश्यक निर्देशन


भरतपुर । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चितवन जिल्लाको सुरक्षा अवस्था, समसामयिक वस्तुस्थिति तथा प्रहरी गतिविधिबारे जानकारी लिनुभएको छ।

चितवन भ्रमणका क्रममा प्रहरी महानिरीक्षक कार्कीले जिल्लाको सुरक्षा व्यवस्था, अपराध नियन्त्रण, शान्ति–सुरक्षा तथा नागरिक सेवासम्बन्धी विषयमा सम्बन्धित प्रहरी अधिकृतहरूसँग छलफल गर्नुभएको थियो।

उहाँले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन आवश्यक निर्देशन दिँदै नागरिकमैत्री प्रहरी सेवामा जोड दिनुभएको नेपाल प्रहरीले जनाएको छ।

साथै, अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउन समेत प्रहरी अधिकृतहरूलाई निर्देशन प्रदान गरिएको बताइएको छ।