काठमाडौं । देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै आगामी तीन दिनसम्म विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष चेतावनी जारी गर्दै मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने जनाएको छ।
महाशाखाका अनुसार निरन्तर वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, आवश्यकबाहेक जोखिमपूर्ण यात्रा नगर्न, मौसमको अद्यावधिक जानकारी पछ्याउन र सम्बन्धित निकायका निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

















प्रतिक्रिया