सहआयोजक क्यानडा फिफा विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ। राउन्ड अफ १६ अन्तर्गत भएको खेलमा मोरक्कोसँग ३–० गोलअन्तरले पराजित भएपछि क्यानडाको यात्रा टुंगिएको हो।
मोरक्कोको जितमा अज्दिन ओउनाहीले दुई गोल गरे भने सौफियान रहिमीले एक गोल थपे। यो जितसँगै मोरक्को लगातार दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ।
क्वार्टरफाइनलमा मोरक्कोले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले राउन्ड अफ १६ मा पाराग्वेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।
पराजयसँगै क्यानडाको पुरुष विश्वकप इतिहासकै सबैभन्दा सफल अभियान समाप्त भएको छ। यस संस्करणमा क्यानडाले पहिलो पटक विश्वकपमा अंक जित्ने, खेल जित्ने, समूह चरण पार गर्ने तथा नकआउट चरणसम्म पुग्ने ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ कीर्तिमान बनाएको थियो।

















प्रतिक्रिया