काठमाडौं l नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ४०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४४ हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ४ हजार ५०० रुपैयाँ रहेको चाँदीको मूल्य आज १६० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ७२० रुपैयाँ ५० पैसा कायम भएको छ।

















प्रतिक्रिया