काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भाँचिएको हो।
देउवानिकट स्रोतले घटनाको पुष्टि गर्दै उपचारपछि उनी हङकङकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेको जनाएको छ।
पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै देखिने गरेका छन्। उनका विभिन्न गतिविधिका भिडियोसमेत सार्वजनिक हुँदै आएका छन्।
देउवा गत ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। हाल देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको र आराम गरिरहेको स्रोतले जनाएको छ।

















प्रतिक्रिया