काठमाडौं – नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरेको छ ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज दिउँसो साढे ५ बजेसम्म ३० जनाको हवाई उद्धार गरिएको हो ।
गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले हालसम्म ४ हजार १३७ जनाको हवाई उद्धार गरेको जनाएको छ ।
उद्धार गरिएकामध्ये ३ हजार ८५४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन् ।
नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।




















प्रतिक्रिया