कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी, चालकको जलेर मृत्यु


काठमाडौं । काठमाडौंको कीर्तिपुरमा गुडिरहेको निजी कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

मंगलबार बिहान बा५च ३०३८ नम्बरको कार गुडीरहेकै अवस्थामा एक्कासि आगलागी भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार आगो लागेपछि चालक बाहिर निस्कन नसकेका कारण उनी गाडीभित्रै जलेको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार चालक सिट बेल्ट बाँधेकै अवस्थामा जलेको अवस्थामा फेला परेका थिए। मृतकको सनाखत भने अझै हुन सकेको छैन।

कारमा आगलागी हुनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।