प्रधानमन्त्री शाहले नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ।

नेपालको हस्तकला क्षेत्रको संरक्षण, विस्तार तथा प्रवर्द्धनका विषयमा केन्द्रित छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे तय गरिएको छ।

छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्।