दाङमा घरको पानी ट्यांकीमा दुई जनाको शव फेला


काठमाडौं ।दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जना पुरुषको शव फेला परेको छ।

मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव मुचुल्का उठाउने तथा घटनाबारे अनुसन्धान सुरु गरेको छ। शव पानी ट्यांकीमा कसरी पुग्यो र मृत्युको कारण के हो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।