काठमाडौं । शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहका क्रममा युवाहरूले प्रदर्शन गरेका छन्।
वार्षिकोत्सव कार्यक्रमस्थल बाहिर प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नाराबाजी गर्दै शिक्षामन्त्री पोख्रेलको विरोध गरेका थिए।
प्रहरीले प्रदर्शनमा संलग्न पाँच जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ।
शिक्षामन्त्री पोख्रेल त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा सहभागी हुन पुगेका बेला उनीहरूलाई लक्षित गर्दै नाराबाजी र प्रदर्शन गरिएको हो। पक्राउ परेका युवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया