काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो।
महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ५०५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव जारी छ। महासङ्घका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १२०.८८ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५९.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

















प्रतिक्रिया