रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका २१ वर्षीय सरोज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना मणिग्रामस्थित क्रिमसन अस्पतालबाट प्राप्त भएको थियो। प्रारम्भिक रूपमा उनलाई क्रिमसन अस्पतालमा उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रेफर गरिएकोमा साँझ ४:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनाको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धान गर्दा प्रारम्भिक जानकारीभन्दा फरक तथ्य खुलेको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका क्रममा सरोजका बाबु अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेका थिए।
घटनामा संलग्न सहसराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया