बीरगन्ज।पर्सा प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–३० निवासी २८ वर्षीय आकाश यादवलाई पक्राउ गरिएको हो।
पर्सा जिल्ला अदालतले २०८१ साल पुस २२ गते चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा यादवलाई ५ वर्ष कैद र रु. ५० हजार जरिवाना हुने फैसला गरेको थियो। फैसला कार्यान्वयनबाट फरार रहेका उनलाई प्रहरीले २०८३ साउन १० गते दिउँसो करिब ३:२५ बजे वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका यादवमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

















प्रतिक्रिया